समाचार
ग्यालरी
मिति २०७४ चैत्र १४ गते देखि १६ गते सम्म गैडहवा गा.पा वडा नं ८ को वडा कार्यालयमा कन्चन पुल सार्वजनिक शौचालय र हसनापुर मा.वि. शौचालय उपभोक्ता समिति सदस्यहरुका लागि चरणबद्घ तालिम गैडहवा गाउँपालिका÷पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना–दोस्रो चरणको आयोजनामा सम्पन्न भयो । सो तालिमलाई गैडहवा गा.पा.का प्रमुख प्रशासकिय अधिकृत श्री टेकराज भट्टराई, लेखापाल श्री जनारदन लोध, वास फोकल पर्सन श्री चिरञ्जिवी पाण्डे तथा वास संयोजक श्री शारदा घिमिरे ज्यूहरुले सहजीकरण गर्नुभएको थियो ।
मिति २०७४ चैत्र ०८ गते तदानुसार मार्च २२ गते विहिबारका दिन “पानीका लागि प्रकति ” भन्ने नाराका साथ २६ औँ विश्व पानी दिवस कार्यक्रम गैडहवा गा.पा. २ धुपहीका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री अब्दुल कलाम खाँ ज्यूको अध्यक्षता, वडा नं २ का वडा अध्यक्ष श्री तुल बहादुर पुन ज्यूको प्रमुख आतिथ्यतामा गैडहवा गा.पा धुपही गाउँमा अन्तरक्रिया कार्यक्रम गैडहवा गा.पा.
मिति २०७४/१२/०३ गते शुक्रबार का दिन गैंडहवा गाउँ पालिका वार्ड ४ गैडाताल गाउँमा गाउँ समाजका सभापतिश्री चित्र बहादुर सारु ज्यु को अध्यक्षतामा वार्ड ४ का वडाध्यक्ष श्री सुरेन्द्र सिंह कुर्मी ज्यु प्रमुख आथित्यता मा गैंडाताल माया देबि आमा समुह तथा गाउ समाज को अगुवाइ मा गाउ सरसफाइ कार्यक्रम सम्पन्न गरियो । गैंडातालमा सरसफाइ कार्यक्रम प्रतेक महिनाको ३ गते गरिने कार्यक्रम निर्णय भएको छ ।
गैडहवा गाउँपालिका तथा पश्चिम ग्रामीण खानेपानी सरसफाई परियोजनाको आयोजनामा मिति २०७४।११।२४ तदानुसार ८ मार्च २०१८ का अवसर मा “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण” भन्ने नारा का साथ अन्र्तराष्ट्रिय महिला दिवसमा प्रमुख अतिथि प्रदेश सभासद कमला बि.क, जिल्ला समन्वय समिति सदस्य ज्ञानु बि.क.
यस गैडहवा गा.पा. वडा नं. ६ र ७ को संयुक्त कार्यालयको सभाहलमा गाउँपालिका पदाधिकारी, वडा सचिव तथा फाँट प्रमुखहरुको सहभागितामा मिति २०७४।१०।१२ गते देखि मिति २०७४।१०।१४ गते सम्म प्रस्ताव तथा प्रतिवेदन लेखन सम्बन्धि तीन दिने तालिम सम्पन्न भयो ।