FAQs Complain Problems

समाचार

संगठनात्मक स्वरुप

गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गाउँपालिकाको नाम वातावरणीय र प्राकृतिक रुपले अत्यन्त मनोरम यसै गाउंपालिकाको विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा आर्थिक हिसावले एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । नेपालको पुन संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ४ गाउँ विकास समितिहरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरालाई मिलाएर यस गाउँपालिकाको स्थापना भएको हो।

 

1. गैडहवा गाउँपालिकाको समक्षिप्‍त विवरण

गाउँपालिकाको नाम   :      गैडहवा गाउँपालिका

सिमाना             :     पूर्वः- मायादेवी र शुद्धोधन गाउँपालिका

:     पश्‍चिमः- कपिलवस्तु जिल्ला

:     उत्तरः- कञ्‍चन गाउँपालिका र सैनामैना नगरपालिका

:     दक्षिणः- लुम्बिनी संस्कृतीक नगरपालिका र मायादेवी गाउँपालिका

क्षेत्रफल            :     96.79 वर्ग कि.मी. गाउँपालिकाको प्रशासनीक विभाजनः- 9 वडा

कुल जनसंख्या       :     56,149         

प्रमुख नदीहरु        :     दानव र कञ्‍चन