FAQs Complain Problems

गर्भवती झोला कार्यक्रम - २०७५

गैडहवा गा.पा.का. आ.व. ०७४।०७५ को स्वीकृत कार्यक्रम अनुसार यस गैडहवा गा.पा. अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भ जाँच तथा सुत्केरी सेवालाई अझ प्रभावकारी तथा सेवाको पहँुच विस्तार गर्न तथा सेवाग्राहीले प्रोटोकल अनुसार नियमित गर्भ जाँच गर्ने र २४ घण्टे प्रसुती सेवा केन्द्रमा गई सुत्केरी सेवा लिन प्रोत्साहन गर्ने हेतुले उनीहरुलाई उक्त सेवा ४ पटक जाँच पछि र सुत्केरी पश्चात उनीहरुलाई क्यालसियम, प्रोटिन र आइरन युक्त सामग्री वितरण गर्न स्वीकृत गर्भवती झोला कार्याक्रम अन्तर्गत गा.पा.का पदाधिकारीहरुका लागि मिति २०७५।०१।२७ गते र यस अन्तर्गतका स्वास्थ्य संस्था प्रमुख र अ.न.मीहरुका लागि २०७५।०२।०३ गतेका दिन गा.पा.का अध्यक्ष श्री बछु केवट ज्युको प्रमुख आथित्यता र प्रमुख प्रशासकिय अधिकृत श्री टेकराज भट्टराई ज्यूको विशिष्ट आथित्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो ।