समाचार
२६ औँ विश्व पानी दिवस कार्यक्रम सम्पन्न
मिति २०७४ चैत्र ०८ गते तदानुसार मार्च २२ गते विहिबारका दिन “पानीका लागि प्रकति ” भन्ने नाराका साथ २६ औँ विश्व पानी दिवस कार्यक्रम गैडहवा गा.पा. २ धुपहीका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री अब्दुल कलाम खाँ ज्यूको अध्यक्षता, वडा नं २ का वडा अध्यक्ष श्री तुल बहादुर पुन ज्यूको प्रमुख आतिथ्यतामा गैडहवा गा.पा धुपही गाउँमा अन्तरक्रिया कार्यक्रम गैडहवा गा.पा. ÷ पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना– दोस्रो चरणको आयोजनामा संचालन भएको छ । उक्त कार्यक्रममा गैडहवा गा.पा वास संयोजक शारदा घिमिरे ज्यूले कार्यक्रमको उद्देश्य तथा विषयवस्तु माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा खानेपानी सरसफाई उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीहरु, पानी सुरक्षा योजना टोलीका सदस्यहरु तथा जनसमुदाय गरी ७५ जनाको सहभागीता भएको कार्यक्रमको संचालन वास सहजकर्ता विमला रेग्मी ज्यूले गर्नु भएको थियो ।