FAQs Complain Problems

समाचार

पानी सुरक्षा योजना तालिम सम्पन्न

गैडहवा गाउँपालिका÷पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना –दोस्रो चरण को आयोजनामा मिति २०७४ चैत्र २२ गते देखि २४ गते सम्म गै .गा. पा वार्ड २ धुपहिमा खानेपानी सरसफाइ उपभोक्ता समितिहरुका लागि पानी सुरक्षा योजना तालिम सम्पन्न भएको छ ।  सो तालिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री अब्दुल कलाम खाँ को अध्यक्षता गै. गा. पा अध्यक्ष श्री बच्चुलाल केवट को प्रमुखआथित्यता गै.गा.पा उपाध्यक्ष श्री सुभावति यादव को बिशिष्ट आथित्यतामा उदघाटन गरिएको थियो । उक्त तालिमलाइ जिल्ला समन्वय समिति कपिलवस्तुका इन्जिनियर श्री राकेश गुप्ता , शुद्धोधन गाउपालिका का वास प्राबिधिक श्री केशव भट्टराई , गै.गा.पा वास संयोजक श्री शारदा घिमिरे लगायतकाले सहजिकरण गर्नुभएको थियो ।