FAQs Complain Problems

समाचार

गैडहवा गाउँपालिकाको आ.व २०७५।०७६ को स्वीकृत बजेत तथा कार्यक्रम

“कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार, पर्यटन सहितको पूर्वाधार गैडहवा विकासको आधार” भन्ने मूल नाराका साथ आ.व. २०७५।०७६ को कुल रु ५१,१२,४३,९००।०० को वार्षिक बजेट तथा कार्यक्रम मिति २०७५।०३।२१ गतेका दिन गैडहवा गाउँपालिका अध्यक्ष श्री बछु केवट ज्यूको अध्यक्षतामा सम्पन्न गाउँसभामा सो बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।
विनियोजित बजेट मध्ये संघीय सरकार र प्रदेश सरकारले विनियोजन गरेको ससर्तको रकम रु १४,६३,००,०००।०० बाँडफाँड भई आएको र सामाजिक सुरक्षा तर्फको खर्च रु ५,५०,००,०००।०० घटाई आउने कुल ३०,९९,४३,९००।०० लाई चालु खर्च तर्फ १९.०३ प्रतिशतले हुने रकम रु ५,९०,००,०००।०० र पुँजिगत तर्फ ८०.९७ प्रतिशतले हुने रकम २५,०९,४३,९००।०० विनियोजन गरिएको छ ।