FAQs Complain Problems

समाचार

आयुर्वेद को सेवा विस्तार – २०७४ साल फागुन ९

यस गैडहवा गा.पा. अन्र्तगत वडा नं.९ मा रहेको एकमात्र सेवा प्रदायक संस्था सुरजपुरा आयुर्वेद औषधालय वाट दिइने सेवा लाइ अव पश्चिमी दक्षिणी भेग १,२,३,४ र ५ को पायकपर्ने स्थान लोण्डिहवा वाट पनि सेवा प्रदान गर्ने उद्देश्य राखी मिति २०७४ साल फागुन ९ गते एक कार्यक्रमका विच गैडहवा गा.पा. वडा नं. ५ का वडा अध्यक्ष श्री शिवसंकर प्रसाद गुप्ता को अध्यक्षता गा.पा. का अध्यक्ष श्री वछु केवटज्यु को प्रमुख आतिथ्यता ,आयुर्वेद शाखा का प्रमुख दिपक कार्कीको स्वागत एवं डवल भण्डारी को संचालनमा कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रममा उपाध्यक्ष श्री सुभावती यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो सो स्थान वाट प्रत्येक महिनाको १० र २५ गते सेवा प्रदान गरिने छ ।