समाचार
शौचालय उपभोक्ता समिति सदस्यहरुका लागि चरणबद्घ तालिम सम्पन्न
मिति २०७४ चैत्र १४ गते देखि १६ गते सम्म गैडहवा गा.पा वडा नं ८ को वडा कार्यालयमा कन्चन पुल सार्वजनिक शौचालय र हसनापुर मा.वि. शौचालय उपभोक्ता समिति सदस्यहरुका लागि चरणबद्घ तालिम गैडहवा गाउँपालिका÷पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना–दोस्रो चरणको आयोजनामा सम्पन्न भयो । सो तालिमलाई गैडहवा गा.पा.का प्रमुख प्रशासकिय अधिकृत श्री टेकराज भट्टराई, लेखापाल श्री जनारदन लोध, वास फोकल पर्सन श्री चिरञ्जिवी पाण्डे तथा वास संयोजक श्री शारदा घिमिरे ज्यूहरुले सहजीकरण गर्नुभएको थियो ।